बन्दिपुरमा भेटेरीनरी अस्पताल निर्माण हुँदै

Devghat Online

शेयर गरौ

७ भदौ, दमौली
तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको एक करोड रुपीयाँको लगानीमा सो अस्पताल निर्माण सुरु भएको हो ।

बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएकाले पशुको उपचारका लागि तथा कृषकलाई प्राविधिक सहयोग र परामर्शकोलागि भेटेरीनरी अस्पतालको आवश्यकता भएपछि प्रदेश सरकारसँग अस्पताल निर्माणकोलागि अनुरोध गरिएको र प्रदेश सरकारको लगानीमा अस्पताल निर्माण सुरु भएको वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

सो भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेकी थिईन् । गाउँपालिकाको पशुपंक्षी शाखाको नाममा करीब ७५ लाख रुपीयाँ मूल्य बराबरको जग्गा दान गर्नुभएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए ।

बन्दिपुर, भानु र र आवुँखैरेनीमा पशुको उपचार गराउने राम्रो अस्पताल नभएको हुँदा उक्त तिन वटै स्थानीय तहका पशुको उपचारकोलागि सुविधा सम्पन्न अस्पताल निर्माण गरिएको पोख्रेलले बताए । बन्दिपुरमा गाईपालक कृषकहरुको संख्या बढ्दै गएकोले पशु चिकित्सकको पनि माग बढ्दै गएपछि अस्पतालको आवश्यकता भएको उनले बताए ।

गत जेठदेखि निर्माण शुरु भएको सो भवनको पहिलो तल्लाको ढलान गर्न बाँकी नै छ । कोरोनाको कहरका कारण भवन निर्माणमा भने ढिलाई भएको छ । यसै आर्थिक वर्ष भित्र भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ ।

६ कोठा रहेको भवनमा चिकित्सक तथा प्राविधिकको कार्यकक्ष रहने छन भने पशुको शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष लागि अर्को भवन निर्माण गरिने छ । सो अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् । त्यसको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी