पुर्वाधार कार्यालयको स्थापना

Devghat Online

शेयर गरौ

७ भदौ, दमौली
गन्डकी प्रदेश सरकारले सबै जिल्लामा पुर्वाधार विकास कार्यालय स्थापना गरेको छ । भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत सो कार्यालय स्थापना गरिएको हो । पुर्वाधार कार्यालय तनहूँको प्रमुखमा ओमराज ढुङ्गाना तोकिएका छन् । उनी यस अघि म्याग्दीको पुर्वाधार डिभिजन कार्यालयको प्रमुख थिए ।

प्रदेश सरकारको पुर्वाधार विकास अन्तर्गत सडक, मोटरेवल तथा झोलुङ्गे पुल, भवन लगायतको पुर्वाधार निर्माणकोलागि सो कार्यालय स्थापना गरिएको हो । यस अघि नवलपुरमा रहेको पुर्वाधार विकास डिभिजन कार्यालयले तनहँु र नवलपुरको काम पुर्वाधारको काम हेर्दै आएको थियो । प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत यस अघि खानेपानी र जलश्रोत व्यवस्थापन तथा सिंचाई डिभिजन कार्यालय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ