बलात्कार र गर्भपतन मुद्धाका अभियुक्त पाँच वर्ष पछि पक्राउ

Devghat Online

शेयर गरौ


८ भदौ, दमौली
बलात्कार र गर्भपतन मुद्धाका अभियुक्त ऋषिङ गाउँपालिका–३ भिरकोट खाल्डीवासका ५९ वर्षीय बलबहादुर विकलाई प्रहरीले घटना भएको पाँच वर्ष पछि ०७७ भदौ ७ गते साँझ पक्राउ गरेको छ ।

विभिन्न अपराध एवं मुद्दामा जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना र सरकारी बिगो समेत असुल गर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने क्रममा प्रहरीले विकलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए ।
विक विरुद्ध तनहँु जिल्ला अदालतले गर्भपतन मुद्धामा २०७२ माघ १० गते १० महिना १२ दिन कैद र बलात्कार मुद्धामा २०७३ फागुन २२ गते ५ बर्ष २ महिना २४ दिन कैद र ५० हजार जरिवानाको फैसला गरेको थियो ।

घटना पछि फरार रहेका विक कैद भुक्तान र जरिवाना समेत नतिरीकन हालसम्म नै फरार रहेका थिए । उनको खोजी गर्ने क्रममा घरमा नै लुकिबसेको अवस्थामा पक्राउ गरि सोमबार जिल्ला अदालत समक्ष पेश गरि सजाय भुक्तानकोलागि कारागारमा पठाईएको डिएसपी तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक