नगरपालिकालाई शव वाहन हस्तान्तरण

Devghat Online

शेयर गरौ

८ भदौ, दमौली
व्यास नगरपालिकालाई शव वहान हस्तान्तरण गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले सोमबार नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको हो ।

इकाईले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो । इकाई सभापति राजकुमार श्रेष्ठ (राकु) ले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई शववाहनको साँचो हस्तान्तरण गरे । इकाईले शव वहान सन्चालन गर्न समस्या भएपछि सम्पुर्ण सन्चालन खर्च नगरपालिकाले नै व्यहोर्ने गरि हस्तान्तरण गरिएको इकाईका सभापती श्रेष्ठले बताए ।

नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा इकाईले नगरपालिकालाई सो शव वहान हस्तान्तरण गरेको हो ।
शव वहान सन्चालन गर्न तथा चालकलाई मासिक पारिश्रमिक समेत दिन समस्या पर्दै गएपछि सम्पुर्ण सन्चालन तथा व्यवस्थापन गर्न व्यहोर्ने गरि नगरपालिकालाई बुझाईएको इकाईका सचिव दधिराज घिमिरेले बताए ।

चालकलाई मासिक २२ हजार रुपैयाँ भन्दा बढी तलब दिन इकाइलाई समस्या भएको उनले बताए । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले शववाहन व्यवस्थापन अव नगरपालिकाले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी