भानु नगरपालिकाको एउटै वडाका छ जनामा कोरोना पुष्टि

Devghat Online

शेयर गरौ

९ भदौ, दमौली
तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ मा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष छन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरूकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङबाट १२७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी

मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडकको लागि बजेट माग

देवघाट । बैशाख १२ देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडक (मुग्लिन–नारायणगढ सडकको