कोरोनाको डरले प्राविधिक काममा नफर्कदा पुर्ननिर्माण प्रभावित

Devghat Online

शेयर गरौ

९ भदौ, दमौली
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँ अन्तर्गत कार्यरत प्राविधिकहरु काममा नर्फदा पुननिर्माणको काम प्रभावित भएको छ । आयोजनाका ५२ मध्ये १९ जना प्राविधिकहरु नयाँ आर्थिक वर्ष सुरुभएपछि नै काममा फर्किएका छैनन् ।

यस अघि भवन निर्माण डिभिजन कार्यालय गोरखा मातहत कार्यरत प्राविधिकहरु मंसिरबाट जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँ अन्तर्गत खटिएका थिए । काममा नफर्किएका १९ मध्ये १३ जनाले राजिनाम दिएको र बाँकी ६ जनाले राजिनामा दिने जानकारी गराएको आयोजनाका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

प्राविधिकले राजिनामा दिएपछि भूकम्पले क्षति भएका निजी आवासका पुनःनिर्माणका काम प्रभावित भएको आयोजना प्रमुख गुप्ताले बताउनु भयो । प्राविधिकहरु सबै करारमा नियुक्त भएका हुन् । ति मध्ये अधिकांश लोकसेवा आयोगको विज्ञापनमा नाम निकालेर अन्यत्र गईसकेको गुप्ताले बताए ।
प्राविधिकको नहुँदा नीजि आवासहरु मापदण्ड अनुरूप निर्माण भए÷नभएको अनुगमन गर्ने काम प्रभावित भएको छ । जसको कारण निर्माणको आधारमा सरकारले व्यवस्था गरेको अनुदान रकमको भुक्तानीका लागि सिफारिस गर्नेलगायतका काम रोकिएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुने डरले प्राविधिकहरूले धमाधम राजीनामा दिएको हुन सक्ने कार्यालयका नायव सुब्बा रामराज न्यौपानेले बताए । धेरैजसो प्राविधिकहरु तराईका जिल्लाका भएको र काममा फर्कदा क्वारेन्टिनमा बस्नुपर्ने जस्ता झन्झट भएकाले राजीनामा दिएको हुन सक्ने उनको भनाई छ । कतिपयलाई घरबेटीले नै क्वारेन्टिनमा बस्न दवाव दिएको कारण फर्किएर गएको आयोजना प्रमुख गप्ताले बताए ।

आयोजनाले भूकम्पले क्षति भएका निजी आवासको पुनःनिर्माण क्षेत्रका लागि ५२ प्राविधिकलाई नियुक्त गरेको थियो । प्राविधिकको राजिनामाको बारेमा राष्ट्रिय पुनिर्माण प्रधिकरणलाई जानकारी गराईएको र त्यहाँबाट पत्र आएपछि नयाँ प्राविधिकको बारेमा प्रक्रिया अगाडी बढ्ने आयोजना प्रमुख गुप्ताले बताए ।

यसैविच भूकम्पले क्षति पु¥याएका तनहुँका ५२ प्रतिशत घरका पुननिर्माण सकिएको छ । पूर्ण र आंशिक गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार तीन सय ८४ घर पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

जिल्लामा पूर्णतर्फ १४ हजार तीन सय ९५ र आंशिकतर्फ एक हजार पाँच सय ६८ गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही छन् । जिल्लामा सबैभन्दा बढी लाभग्राही भानु नगरपालिकामा चार हजार आठ सय ४५ र सबैभन्दा कम लाभग्राही घिरिङ गाउँपालिकामा तीन सय ३० रहेको आयोजनाका प्रमुख गुप्ताले जानकारी दिए ।

इकाइका अनुसार भानु नपामा ५५, व्यास नपामा ५०, शुक्लागण्डकी नगरपालिकामा ४९ र भीमाद नपामा ४७ प्रतिशत पुननिर्माण सकिएकोे छ । त्यस्तै गाउँपालिका तर्फ सबैभन्दा बढि आँबुखैरेनीमा ८४, देवघाटमा ५३, बन्दीपुरमा ५२, म्याग्देमा ५१, ऋषिङमा ४९ र घिरिङ गाउँपालिकामा ४७ प्रतिशत पुननिर्माण सकिएको छ ।

कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १३ हजार दुई सय ९८ र आंशिक घर क्षति भएका नौ सय १४ लाभग्राहीले पहिलो र १० हजार ७७ लाभग्राहीले दोस्रो किस्ता वापतको रकम बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी

मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडकको लागि बजेट माग

देवघाट । बैशाख १२ देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडक (मुग्लिन–नारायणगढ सडकको