भूमी आयोगको सदस्यमा राना

Devghat Online

शेयर गरौ

११ भदौ, दमौली
भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्यमा तनहुँका एकबहादुर राना नियुक्त भएका छन् । आयोगमा प्रदेश सरकारले मनोनयन गरेको एक सदस्य रहने व्यवस्था भए बमोजिम गण्डकी प्रदेश सरकारले रानालाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले रानालाई आयोगको सदस्यमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए । नेपाल सरकारबाट जारी भएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ दफा ३ को उपदफा १ को खण्ड (ग) मा आयोगमा प्रदेश सरकारले मनोनयन गरेको एक सदस्य रहने र निजको पारिश्रमिक सरकारले तोकेबमोजिम हुने व्यवस्थानुसार रानालाई मनोनयन गरिएको जानकारी दिए ।
राना नेकपाका केन्द्रीय सदस्य हुन् । उनी यस अघि सुकुम्बासी समस्या समाधान आयोगको तनहूँको अध्यक्षमा नियुक्त भएका थिए । उक्त आयोग पछि सर्वाेच्च अदालतको फैसला अनुसार विघटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक