देवघाट सेवा केन्द्रलाई दुई लाख दस हजार प्रदान

Devghat Online

शेयर गरौ

१३ भदौ, देवघाट
देवघाटका दुई समाजसेवीले देवघाट सेवा केन्द्रलाई दुई लाख दश हजार दुई सय रुपैयाँ प्रदान गरेका छन् । देवघाट सेवा केन्द्रको आजिवन सदस्य बन्दै उनीहरुले सेवा केन्द्रलाई सो रकम प्रदान गरेका हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले देवघाट सेवा केन्द्रलाई एक लाख पाँच हजार एक रुपैयाँ शुक्रबार प्रदान गरे ।

त्यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ निवासी समाजसेवी चन्द्रप्रकाश दवाडीले पनि देवघाट सेवा केन्द्रलाई एक लाख पाँच हजार एक सय रुपैयाँ प्रदान गरे । दवाडीले सो रकम देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा र देवघाट सेवा केन्द्रका अध्यक्ष किरण सुवेदीलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष थापाले देवघाट सेवा केन्द्र एक सामाजिक संस्था भएको हुँदा सो संस्थालाई सहयोग गर्नु अत्यन्तै सकारात्मक भएको बताए । रकम प्रदान गर्ने पौडेल र दवाडीले पनि सामाजिक काममा सक्रिय संस्थालाई सहयोग गरिएको बताए । देवघाट सेवा केन्द्रका अध्यक्ष सुवेदीले यस्तै मानवीय सहयोगले सेवा केन्द्रलाई अझ माथी उठाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय