२३ भदौ, देवघाट
देवघाटका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भएको छ । सुवेदीको तनहूँकै घिरिङ गाउँपालिकामा सरुवा भएको हो । सुवेदी विगत तिन वर्ष देखी देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । उनी निकै इमान्दार, स्वच्छ छविका र सक्षम अधिकृतको रुपमा चिनिन्थे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सुवेदीको सरुवा गरेको हो ।

रमेश सुवेदी



नरहरी सापकोटा
सुवेदीले देवघाटलाई समृद्ध बनाउन निकै उल्लेखनीय भुमिका निर्वाह गरेका थिए । स्थानीय सरकारकोरुपमा रहेको गाउँपालिकामा विभिन्न कानुन, ऐन, नियम बनाउन र विभिन्न योजना तर्जुमा गर्न प्रमुख प्रशासकीय अधिकृत सुवेदीले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
यसैविच देवघाटको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तनहूँकै बन्दिपुर गाउँपालिकाबाट नरहरी सापकोटा आउने भएका छन् । चितवनको भरतपुर महानपा–४ निवासी सापकोटा पनि निजामती क्षेत्रमा सक्षम अधिकृतको रुपमा परिचित छन् ।












