देवघाटका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सरुवा

Devghat Online

शेयर गरौ

२३ भदौ, देवघाट
देवघाटका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भएको छ । सुवेदीको तनहूँकै घिरिङ गाउँपालिकामा सरुवा भएको हो । सुवेदी विगत तिन वर्ष देखी देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । उनी निकै इमान्दार, स्वच्छ छविका र सक्षम अधिकृतको रुपमा चिनिन्थे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सुवेदीको सरुवा गरेको हो ।

रमेश सुवेदी

                                                                                         नरहरी सापकोटा

सुवेदीले देवघाटलाई समृद्ध बनाउन निकै उल्लेखनीय भुमिका निर्वाह गरेका थिए । स्थानीय सरकारकोरुपमा रहेको गाउँपालिकामा विभिन्न कानुन, ऐन, नियम बनाउन र विभिन्न योजना तर्जुमा गर्न प्रमुख प्रशासकीय अधिकृत सुवेदीले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
यसैविच देवघाटको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तनहूँकै बन्दिपुर गाउँपालिकाबाट नरहरी सापकोटा आउने भएका छन् । चितवनको भरतपुर महानपा–४ निवासी सापकोटा पनि निजामती क्षेत्रमा सक्षम अधिकृतको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा