दमौलीमा अव ‘नो हर्न’, ‘नो ओभरटेक’

Devghat Online

शेयर गरौ

२४ भदौ, दमौली
तनहूँ सदरमुकाम दमौलीमा बुधबारदेखी हर्न बजाउन र ओभरटेक गर्न निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजार क्षेत्र भित्र सवारी साधनले हर्न बजाउन नपाउने, ओभरटेक गर्न नपाउने र तिब्र गतीमा सवारी चलाउन नपाउने व्यवस्था गरेको हो ।

दमौली बजारभित्र जथाभावी हर्न बजाई वातावरण प्रदुषण बनाउने र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले बताए । अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी प्रमुख रानाभाटले जानकारी दिए । शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्ने उनले बताए ।

 

पहिलो चरणमा पृथ्विराजमार्गको बुल्दी खोलादेखी मादी नदीको पुलसम्म करिब डेढ किमि क्षेत्रमा यो नियम लागु हुने छ । त्यसको कार्यान्वयनकोलागि तनहूँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले ट्राफिक प्रहरीलाई चारवटा होर्डिङ बोर्ड उपलब्ध गराएको छ । उक्त होर्डिङ बोर्ड बुल्दी खोला पुलको मुखमा, भोर्लेटार चोकमा, जिल्ला प्रहरी कार्यालय अगाडी र मादी नदीको पुलको मुखमा राखिने ट्राफिक प्रहरी प्रमुख रानाभाटले जानकारी दिए ।

होर्डिङ बोर्ड हस्तान्तरण कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालयका तनहूँका एसपी अरुण पौडेलले सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरणकोलागि यो अभियान अत्यन्तै स्वागतयोग्य भएको बताए । राजमार्गमा राखिएका सिसि क्यामेराले हरेक सवारीको निगरानी गरिने हुँदा हर्न बजाउने, तिब्र गतीमा सवारी चलाउने र ओभरटेक गर्नेलाई नियमअनुसार कारवाही हुने एसपी पौडेलले बताए ।
तनहूँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापती राजकुमार श्रेष्ठले दमौलीको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणकोलागि सहयोग गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी