देवघाट युवा तथा खेलकुद समितिद्वारा नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई स्वागत

Devghat Online

शेयर गरौ

२८ भदौ, देवघाट
देवघाट गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटालाई देवघाट युवा तथा खेलकुद समितिले स्वागत गरेको छ । समितिले आईतबार देवघाट गाउँपालिकाको कार्यालयमा नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई स्वागत गरेको हो ।

सो कार्यक्रममा देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष शुकु गुरुङ, समितिका सचिव शान श्रेष्ठ लगायतले प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई खादा लगाई स्वागत गरेका थिए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका लेखा अधिकृत उमानाथ ढकाल, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, समितिका सचिव अमृत सुवेदी, कोषाध्यक्ष आशिक राना, सदस्य प्रशन्न ढकाल लगायतको उपस्थित रहेकोे थियो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सबैको सहयोगले देवघाटलाई समृद्ध बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा