शहीद स्मृती दिवस सम्पन्न

Devghat Online

शेयर गरौ

३० भदौ, देवघाट
जनयुद्धका शहीद मेघनाथ लामिछानेको १६ औं स्मृति दिवस मंगलबार देवघाटमा सम्पन्न भयो । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) देवघाट गाउँ पालिका कमिटिको आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले कम्युनिष्ट पार्टीको नेतृत्वको वर्तमान सरकारले शहीदको सपना पुरा गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने बताए ।

नेकपा देवघाटका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य एवं देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, नेकपा जिल्ला सदस्य बाबुराम अधिकारी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, नेकपा गाउँ कमिटिका सचिव केशवचन्द्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

लामिछानेको २०६१ भदौ ३० गते चितवनको खोलेसिमलमा सुरक्षाकर्मीको कारवाहीमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा