देवघाटको उपकेन्द्र छिपछिपेमा रहने

Devghat Online

शेयर गरौ

११ असोज, देवघाट
देवघाट गाउँपालिकाको उपकेन्द्र छिपछिपेमा रहने भएको छ । पुर्व प्रतिबद्धता विपरित वडा नम्बर ५ को क्युँदीमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य सुरु गरिएपछि वडा नम्बर २, ३ र ४ का बासिन्दाहरुले छिपछिपे भन्ज्याङमा गाउँपालिकाको केन्द्र राख्नु पर्ने भन्दै गाउँपालिकामा निबेदन दर्ता गराएका थिए ।

हाल केन्द्र रहेको स्थानमा अधिकांश जनतालाई पायक नपर्ने हुँदा छिपछिपेमा केन्द्र बनाउनु पर्ने आफुहरुको माग रहेको घन्टाचुली पर्यटन परिषदका अध्यक्ष एवं नेकपा देवघाट वडा नम्बर २ का अध्यक्ष खड्कआले मगरले बताए ।

विगतदेखी नै गाउँपालिकाको केन्द्रको बारेमा छलफल र बहस भएपछि टुङ्गो लागिसकेको थिएन तर आर्थिक वर्ष ०७६÷७७ मै वडा नम्बर ५ को क्युँदीमा गाउँपालिकाको मुख्य प्रशासनिक केन्द्र राख्ने कार्यपालिकाले निर्णय गरेको र त्यसकोलागि बजेट समेत विनियोजन भईसकी टेन्डर प्रक्रिया पुरा गरि भवन निर्माण समेत सुरु भईकेको हुँदा दा आफुहरुले पहिलाको प्रतिबद्धता अनुसार सबैलाई पायक पर्ने ठाउँमा गाउँपालिकाको भवन बनाउन माग गरेको आलेले बताए ।

दुई वर्षमा सक्ने गरि देवघाट गाउँपालिकाको प्रशासकीय नयाँ भवन पाँच करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागतमा निर्माण सुरु भईसकेको छ । अहिले मलमास परेको कारण शिलान्या कार्यक्रम भने पछि राखिने वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले बताए ।

क्युँदीमा गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएपछि माथिल्लो डाँडा भेगका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले गाउँपालिकामा निबेदन पेश गरेका थिए । मथिल्लो डाँडाका जनतालाई गाउँपालिकामा आउन पुरै एक दिन लाग्ने र सेवा सुविधा लिन अपायक भएको भन्दै वडा नम्बर २ का वडा सदस्य छविजंङ्ग वंशी ठकुरी, सो वडाका नेकपाका अध्यक्ष खडक आले, र नेकपा जिल्ला कमिटिका सदस्य भिमबहादुर रानाको नेतृत्वमा वडा नम्बर १, २, ३ र ४ का जनताको हस्ताक्षर संकलन गरि गाउँपालिकामा निबेदन दर्ता गरेका थिए ।

सोही निबेदन पछि गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख शासकीय अधिकृत नरहरी सापकोटा, नेकपा गाउँ कमिटि अध्यक्ष भुवनसिं गुरुङ, नेपाली कंग्रेस प्रतिनिधि पुर्ण बहादुर कुँवर, वडा नम्बर ५ का अध्यक्ष याल बहादुर गुरुङ र निबेदकपक्षका व्यक्तिहरु र अन्य बुद्धिजिबिहरु सहितको वार्तामा गाउँपालिकाको केन्द्र क्युँदी मै रहने र माथिल्लो डाँडा भेगका जनताको सेवा सुविधाको लागि वडा नम्बर २ र ३ सिमानामा पर्ने छिपछिपे भञ्ज्याङमा गाउँपालिकाको उपकेन्द्र र अन्य शाखाका उपकेन्द्रहरु स्थापना गर्ने सहमती भएको नेकपाका वडा नम्बर २ का अध्यक्ष आलेले बताए ।

त्यसैगरि विकासको पुर्वाधारकोलागि माथिल्लो भेगलाई बजेटको प्राथमिकतामा राख्ने सहमती भएका एजेन्डाहरुलाई कार्यपालिका मार्फत पारित गर्ने सहमती भएको गाउँपालिकाका प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि