कोभिडको जोखिम बढेपछि सिकाई केन्द्र बन्द

Devghat Online

शेयर गरौ

असोज २६, दुलेगौडा
कोभिड १९ को जोखिम बढेपछि शुक्लागन्डकी नगरपालिकामा सिकाई केन्द्रहरु बन्द गरिएको छ । नगरपालिकाका केही विद्यालयमा असोज १ गतेदेखी विद्यालयमा बालबालिकाकोलागि सिकाई केन्द्रहरु सन्चालन गरिएपनि काभिडको जोखिम बढेपछि मंगलबारबाट पुनः बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताए ।

गत चैत पहिलो साताबाट बन्द भएका विद्यालयमा कोभिडको जोखिम कम हुदै गएको भन्दै असोज १ गते देखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिकाई केन्द्रहरु सन्चालन गरिएको थियो । विद्यार्थी तथा शिक्षकले अनिवार्य मास्क लगाउनु पर्ने, एउटा बेन्चमा दुई जनासम्म मात्र बालबालिका राख्नुपर्ने तथा विद्यालयमा ज्वरो नाप्ने व्यवस्था, सावुन पानी र सेनीटाईजरको व्यवस्था गरेर असोज १ गतेदेखी केही सामुदायिक तथा संस्थागत विद्यालय सन्चालन गरिएको थियो ।

तर नगरपालिका भित्र समुदायमा कोभिड फैलिईसकेको हुँदा यस्तो जोखिमको समयमा विद्यालयहरु सन्चालन गरिरहँदा बालबालिकाहरु जोखिममा पर्न सक्ने भएकोले अर्काे सुचना नहुँदा सम्म सम्पुर्ण सिकाई केन्द्रहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता कुमालले बताए ।

नगरपालिकाको असोज २६ गते बसेको कार्यपालिकाको बैठकले विद्यालय बाहेक टोल टोलमा सन्चालन गरिएको सिकाई केन्द्रहरु पनि बन्द गरि अनलाईन प्रविधिबाट मात्र पठन पाठन सन्चालन गर्ने निर्णय गरेको प्रवक्ता कुमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा