२६ असोज, देवघाट
देवघाट गाउँपालिकाले अनुदान प्राप्त गरेर पनि हालसम्म नीजि आवास पुनःर्निर्माण सम्पन्न नगरेका लाभग्राहीलाई सुचीबाट हटाउने चेतावनी दिएको छ । गाउँपालिकाले सोमबार सुचना प्रकाशित गरि तेश्रो किस्ता समेत लिईसकेका लाभग्राहीले हालसम्म पनि घर सम्पन्न नगरेको हुँदा त्यस्ता लाभग्राहीलाई असोज ३० गते भित्र गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

देवघाट गाउँपालिका भित्र रहेका भुकम्पका लाभग्राही मध्ये केहीले हालसम्म पनि अनुदान सम्झौता नगरेको, केहीले अनुदान सम्झौता गरेर ५० हजार लिएर पनि घर निर्माण कार्य शुरु नगरेको, केहीले घरको डिपिसीसम्म काम गरि एक लाख ५० हजार रुपैयाँ लिई घर निर्माण कार्य नगरेको, तथा केही लाभग्राहीले तेश्रो किस्ता एक लाख रुपैयाँ लिएर पनि घर सम्पन्न नगरेको हुँदा त्यस्ता लाभग्राहीले असोज ३० गते भित्र अनुदान सम्झौता पत्र र नागरिकताको प्रमाणपत्र लिई गाउँपालिका कार्यालयमा पुननिर्माण प्राधिकरणका कर्मचारी इन्जिनियर रामनन्दन शिंहसँग सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
उक्त समयसम्म सम्पर्कमा नआउने लाभग्राहीहरु लाभग्राहीको सुचीबाट हटेमा गाउँपालिका जवाफदेही नहुने गाउँपालिकाले सुचनाा उल्लेख गरेको छ ।















