देवघाट गाउँपालिका र सहिद लखन गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापित

Devghat Online

शेयर गरौ

३० असोज, दमौली
धार्मिक पर्यटनको महत्व बोकेका तनहूँको देवघाट गाउँपालिका र गोरखाको सहिद लखन गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापित भएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा र सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर बिच मिति शुक्रबार भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दुवै गाउँपालिकामा रहेका धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचार प्रसार, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित उक्त भगिनी सम्बन्धले आन्तरिक तथा बाह्य पर्यटन बढाउने विश्वास लिएका छन ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाको भ्रमणदल गोर्खा घैंरुङ पुग्दा, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबू थापा मगरले भ्रमण टोलिलाई प्रथम सहिद लखन थापा मगरको प्रतीकात्मक तस्वीर र मनकामना मन्दिरको फोटो हस्तान्तरण गरि भव्य स्वागत गरेका थिए।

दुबै पालिकाले सामाजिक सद्भाव कायम गरि एक अर्काको गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक स्थलहरु, साँस्कृतिक ग्रामहरुको बारेमा दुबैले एक अर्कालाइ प्रचार(प्रसारमा सहयोग गर्ने कुरा भगिनी सम्बन्ध पत्रमा उल्लेख गरेका छन ।

संसारका हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाटधाम देवघाट गाउँपालिकामा पर्दछ भने विश्वभरका हिन्दुहरुका आस्थाको केन्द्र प्रसिद्ध मनकामना मन्दिर सहिद लखन गाउँपालिकामा पर्दछ। धार्मिक तथा साँस्कृतिक रुपमा महत्व बोकेका अन्य गाउँपालिका संग पनि देवघाट गाउँपालिकाले आफ्नो भगिनी सम्बन्ध स्थापित गर्दै जाने कुरा अध्यक्ष थापाले बताएका छन । यो सम्बन्धले देवघाटको थप प्रचार प्रसार र महत्व विस्तार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि