कार्तिक २०, दमौली
जिल्ला प्रशासन कार्यालय तनहूँले तिहारको अवसरमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोभिड १९ को जोखिम बढ्दै जान थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको कार्तिक २० गते भएको बैठकको निर्णय अनुसार देउसी भैलो, रमाईलो मेला लगायतका कार्यक्रममा प्रतिबन्ध लगाईएको हो ।
बैठकले तिहारको अवसरमा देउसी भैलो नखेल्न, सार्वजानिक रुपमा हिडडुल तथा भिडभाड नगर्न, मादक पदार्थ सेवन गर्न, होहल्ला गर्न र जुवातास नखेल्न सर्वसाधरणलाई अनुरोध गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्द बरालले विज्ञप्ति मार्फत जानकारी दिए ।
उक्त निर्णयको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन वमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले कुनै व्यवसाय तथा सार्वजानिक सवारी सन्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ ।

देवघाटको चक्रवर्ती विद्यालयका ५० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण
देवघाट । बैशाख १५ देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर मनपा–१०, चितवन निवासी गिता राजभाटको सहयोगमा












