तनहूँमा एकै दिन ४१ जनामा कोरोना संक्रमण

Devghat Online

शेयर गरौ

कार्तिक २०, दमौली
तनहूँमा एकै दिन ४१ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । गत आईतबारको परीक्षणको नतिजा अनुसार तनहूँमा एकै दिन ४१ जनामा कोरोना संक्रमण देखाएको छ । दशैंलगत्तै बढ्न थालेको कोरोना संक्रमण दर आईतबार निकै माथि उकालो लागेको छ । आईतबार तनहूँँका अधिकांश तहमा नयाँ संक्रमित थपिएको तथ्यांक आएको छ ।

व्यास नगरपालिकामा एकै साथ धेरै संक्रमित भेटिएका छन् । व्यास नगरपालिकामा संक्रमित भेटिएकामा दमौली अस्पतालका दुई स्वास्थ्यकर्मी पनि छन् । यसैगरी क्वारेन्टिनमा बसेका तथा सम्पर्कमा आएका व्यक्तिमा पनि संक्रमण भेटिएको छ । यस्तै आँबुखैरेनी गाउँपालिकामा पनि आईतबार धेरैमा संक्रमण देखिएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको परीक्षण रिपोर्ट आउँदा गाउँपालिकामा संक्रमित बढेको देखिएको छ ।

यस्तै शुक्लागण्डकी नगरपालिकामा पनि पछिल्लो समय संक्रमित बढिरहेका छन् । नगरमा थपिएका संक्रमित विदेशबाट आएका तथा कन्ट्याक्ट ट्रेसमा परेका पनि छन् । भीमाद नपामा पनि पछिल्लो रिपोर्टको नतिजाले संक्रमित बढेको देखाएको छ । यस अघि दर कम भएको नगरमा यसपाली नयाँ संक्रमित एकै साथ थपिएको पाइयो ।

त्यसैगरि भानु नपामा ४ जना, बन्दीपुरमा २ जना, ऋषिङ गापामा १ जना, घिरिङ गापामा १ जना र स्थानीय तह नखुलेको १ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी