२७ कार्तिक, दमौली
प्रतिनिधीसभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले केशवटारको विकासका लागी पहल गर्ने वताएका छन् । सांसद श्रेष्ठको सचिवालयमा बुधबार केशवटारका अगुवा युवाहरुसँगको भेटघाट तथा विकास निर्माण सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा विकासमा ओझेलमा परेको केशवटारलाई विकास गर्नका लागी आफुले सक्ने पहल गर्ने सांसद श्रेष्ठले बताए ।
जनताको न्युनतम समस्यालाई समाधान गर्नु आफनो पहिलो जिम्मेवारी भएको हुदाँ शिक्षा, वाटो, खानेपानी लगायतको जनताको समस्या समाधान गर्नका लागी भुमिका खेल्ने सांसद श्रेष्ठले बताए । दमौली सुकौरा मोटरमार्गका अध्यक्ष नुरवहादुर आलेको नेतृत्वमा गएको युवाहरुको टोलीसँग विकास निर्माण विषय अन्र्तक्रिया कार्यक्रममा केशवटारवासीले लामो समयदेखि भोग्दै आएको मोटरवाटोको समस्या, खानेपानी लगायतका विषयमा सहभागीहरुले गुनासो राखेका थिए ।



जिल्ला सदरमुकाम दमौलीवाट नजिकै भएर पनि विकासले गति लिन नसकेको हुदाँ संघिय सरकारले नै केशवटार विकासका लागी पहल गर्नुपर्ने दमौली सुकौरा मोटरमार्गका अध्यक्ष नुर वहादुर आलेले सासंद श्रेष्ठसँग आग्रह गरेका थिए । विगत देखि नै केशवटारलाई उपेक्षा गरिएको हुदाँ सहयोग गर्नका लागी मोटरमार्गका सदस्य मनोज सुवर्णकारले अनुरोध गरे । आम जनताको समस्यामा आफु संवेदनशिल भएको वताउँदै सासंद श्रेष्ठले चाडै नै जनताले आशा गरेअनुसार काम गरेर देखाउने वताए ।












