काँग्रेसको गढबाट ठुलो संख्यामा नेकपा प्रवेश
९ मंसिर, दमौली
नेपाली काँग्रेसको गढको रुपमा चिनिँदै आएको व्यास नपा ११ रानीगाउँबाट ठुलो संख्यामा युवाहरु नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । मंगलबार रानीगाउँमा आयोजित कार्यक्रममा ३८ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । स्थानीय सामाजसेवी झलक पौडेलको नेतृत्वमा उनीहरु नेकपामा प्रवेश गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुलाई नेकपाका नेता एवं प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले टिका लगाई नेकपामा स्वागत गरेका थिए । सो अवसरमा बोल्दै सांसद श्रेष्ठले नेकपा कुनै हालतमा नफुट्ने दावी गरे । नेकपा ठुलो घर रहेको भन्दै ठुलो घरमा साना तिन झगडाहरु हुनु स्वाभाविक भए पनि पार्टी कुनै हालतमा नफुट्ने सांसद श्रेष्ठले दावी गरे ।
मन्त्री परिषदका सदस्यहरु परिवर्तन भएपनि वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा पाँच वर्ष सरकार कायम रहने र यही सरकारले नै जनताको समृद्धीको सपना पुरा गर्ने सांसद श्रेष्ठले बताए । विगतमा भन्दै अहिले विकास निर्माणको कामहरु निकै धेरै भएको भन्दै सांसद श्रेष्ठले विकासको यो गतीलाई अझ बढाउने बताए ।
लामो समयसम्म शिक्षण पेशामा आवद्ध हरी हालै सेवा निवृत्त भएका झलक पौडेल र अन्य व्यक्तिहरु त्यसक्षेत्रको एउटा चिर परिचत र धेरै मानिसहरु माझ लोकप्रिय व्यक्तिहरुको रुपमा परिचित छन् । उनीहरुको प्रवेशले रानीगाउँमा नेपाली काँग्रेसलाई ठुलो धक्का लागेको छ ।
नेकपा व्यास नगरपालिका वडा नम्बर ११ कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वडा नम्बर ११ का अध्यक्ष ज्ञानभक्त थापा, व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, नेकपा जिल्ला कमिटीका सदस्य माधबबहादुर पन्त, नेकपा जिल्ला कमिटीका सदस्यहरु गोपाल सुर्खाली, निर्मल पण्डित लगायतका नेताहरुको सहभागिता रहेको थियो । यस अघि पनि रानीगाँउमा ठुलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरिसकेका थिए ।

देवघाटको चक्रवर्ती विद्यालयका ५० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण
देवघाट । बैशाख १५ देवघाटधाम जेसीजको आयोजना तथा भरतपुर मनपा–१०, चितवन निवासी गिता राजभाटको सहयोगमा












