देवघाटमा गरिबी निवारणका अभिमुखिकरण कार्यक्रम

Devghat Online

शेयर गरौ

११ मंसिर, देवघाट
देवघाट गाउँपालिकामा गरिबि निवारणका लागि लघुउद्यम बिकास तथा अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । गरिबि निवारणका लागि लघुउद्यमी बिकास तथा अभिमुखिकरण कार्यक्रमको बिषयमा प्रशिक्षण प्रगति भट्टराईले दिएकी थिईन् ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले लघु उद्यम मार्फत गरिवी निवारणमा योगदान दिनु पर्ने बताए । सो कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापा मगर, प्रशासकीय अधिकृत नरहरि सापकोटा, वडा नम्बर ५ का अध्यक्ष एवं प्रवक्ता यालबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष भिम बहादुर गुरुङ, वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर गुरुङ, कार्यपालिका सदस्य यममाया गुरुङ, लेखा शाखाका प्रमुख उमनाथ ढकाल, कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट क्षेत्र बिकास समितिका सदस्य किरण सुवेदी र स्थानीय फुलमाया गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी