रामचन्द्र पौडेलको जवरजस्ती पछि तनहूँ प्रशासनले निषेधाज्ञा लगायो

Devghat Online

शेयर गरौ

मंसिर, १७ दमौली

युवा संघका पाँच जना कार्यकर्ता गिरफ्तार
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको जवरजस्ती पछि तनहूँ प्रशासनले व्यास नपाको दुई वडाका केही भागमा निषेधाज्ञा लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका कार्यकर्ताहरुको सम्भावित झडपको घटना रोक्न जिल्ला प्रशासन कार्यालय तनहूँले निषेधाज्ञा लगाएको हो । संघीय सरकारले निर्माण गरेको मोटरेवल पुल आफैले उद्घाटन गरि छाड्ने रामचन्द्र पौडेलको जिद्धिको कारण नेकपा र काँग्रेसका कार्यकर्ताको विच झडपको अवस्था सिर्जना भएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बुधबार विहान सुचना प्रकाशन गरि बुधबार दिउँसो १२ बजेदेखी साँझ ६ बजेसम्म व्यास नपाको वडा नम्बर १ र वडा नम्बर १० को पृथ्विराजमार्गमा चल्ने सवारी साधन बाहेक पश्चिम गल्बुवेशी, बुल्दीखोला पुल, उत्तर रानीगाउँ, पुर्व घाँसिकुवा, मुसेखोला र दक्षिण अम्रेनीको चारकिल्ला भित्र सभा सम्मेलन र जुलुस प्रदर्शन गर्न र पाँच जना भन्दा बढि व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरि निषेधाज्ञा जारी गरेका छन् ।

अहिले मुलुक कोभिड–१९ को जोखिम कायमै रहेको र सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम समय समयमा जारी गरेका आदशेमा सभा सम्मेलन र जुलुस प्रर्दशनमा रोक लगाईरहेको अवस्थामा तथा जिल्ला प्रशासन कार्यालयले समेत सभा सम्मेलन र जुलुस प्रर्दशन नगर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारीले जारी गरेको सुचनामा जनाईएको छ ।

यस्तो अवस्थामा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितीमा बधबार व्यास नपाको वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न लागेकोमा पुर्वाधार विकास कार्यालय तनहूँले पुल उद्घाटन कार्यक्रम स्थगन गर्न व्यास नगरपालिकालाई अनुरोध गरेको र जिल्ला प्रशासन कार्यालयबाट समेत उद्घाटन कार्यक्रम नगर्न पत्राचार भएकोमा अवस्थामा जसरी पनि पुल उद्घाटन गरि छाड्ने र त्यसको विरोधमा राष्ट्रिय युवा संघले विरोध प्रर्दशन गर्ने सुचना पाएको भन्दै सम्भावित झडप रोक्न र शान्ती सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । निषेधाज्ञाको उल्लंघन हुने गरि कसैले कार्य गरेमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

यसैविच संघ र प्रदेश सरकारको अनुमती र समन्वय विना व्यास नगरपालिकाले जवरजस्ती मोटरेवल पुल उद्घाटन गर्न लागेको विरोधमा राष्ट्रिय युवा संघ तनहूँले दमौलीमा मोटरसाईकल ¥याली सहितको विरोध प्रर्दशन गरेको छ । संघका कार्यकर्ताले जिल्ला प्रशासन घेराउ गर्ने क्रममा प्रहरीले संघका जिल्ला अध्यक्ष इश्वर बस्याल, सदस्य बादल आले, नेकपा व्यास नपा वडा नम्बर १ का अध्यक्ष ज्ञानेन्द्र बसौला, नगर सदस्य सुर्यबहादुर कृष्ण, कार्यकर्ता कृष्ण भट्ट लगायतलाई गिरफ्तार गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

आफ्ना नेताहरु गिरफ्तार गरिएको विरोधमा युवा संघका कार्यकर्ताले दमौलीमा विरोध प्रर्दशन जारी राखेका छन् । उनीहरुले काँग्रेस नेता पौडेलको निर्देशनमा आफ्ना नेता तथा कार्यकर्ताहरु गिरफ्तार गरिएको आरोप लगाएका छन् ।

काँग्रेस बरिष्ठ नेता पौडेलले मंगलबार व्यास नपा वडा नम्बर १३ र ऋषिङ गाउँपालिका ३ जोड्ने सेती नदीमाथीको मोटरेबल पुल उद्घाटन गरेका थिए । जिल्ला प्रशासन कार्यालय तथा सडक डिभिजन कार्यालयले मर्मत सम्भार चलिरहेको अवस्थामा पुल उद्घाटन गर्न समय नभएको भन्दै कार्यक्रम स्थगत गर्न अनुरोध गरेपनि व्यास नगरपालिकाले उद्घाटन कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि