देवघाटमा कृषि तथा पशु प्रर्दशनी

Devghat Online

शेयर गरौ

२८ मंसिर, देवघाट
देवघाट गाउँपालिकाको आयोजनामा वडा नम्बर २ को कोटबैदीमा कृषि तथा पशु प्रर्दशनीमा आयोजना गरिएको छ । व्यवसायीक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गत बुधबार र विहिबार सो कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

सो प्रर्दशनीको गन्डकी प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । कार्यक्रमको पहिलो दिन गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बोकालाई औषधी खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए भने दोश्रो दिन प्रर्दशनीको कार्यक्रमको मन्त्री थापाले उद्घाटन गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले व्यवसायीक कृषि र पशुपालन समृद्धीको आधार भएको बताए । गन्डकी प्रदेश सरकारले कृषि तथा व्यवसायीक पशु पालनलाई जोड दिएको मन्त्री थापाले बताए । गन्डकी प्रदेशमा कृषि र पशुपालनको व्यापक सम्भावना रहेको हुँदा युवाहरुले पनि व्यवसायीक कृषि र पशुपालनमा सरिक हुनु पर्ने मन्त्री थापाको जोड थियो । व्यवसायमा लागेका युवाहरुलाई प्रदेश सरकारले अनुदानको व्यवस्था समेत गरेको मन्त्री थापाले बताए ।

कृषिको व्यवसायीकरणकोलागि प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा हाट बजारको स्थापना, सित भण्डारणको निर्माण तथा संकलन केन्द्रहरुको स्थापनामा जोड दिएको मन्त्री थापाको भनाई थियो । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कृषि र पशुपालन मार्फत देवघाटलाई समृद्ध बनाउन सकिने बताए । समृद्ध देवघाटको अभियान नै दिगो कृषि हुनु पर्नेमा अध्यक्ष थापाको भनाई थियो ।

बिदेशबाट फर्किएका युवाहरुलाई गाउँमा नै स्वरोजगार बनाई आय आर्जनमा जोड दिने गाउँपालिकाको नीति रहेको अध्यक्ष थापाले बताए । उत्पादित कृषि उपजलाई बजारीकरणकोलागि प्रत्येक वडामा संकलन केन्द्र र वडा नम्बर ५ मा हाटबजारको स्थापना गरिएको अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, नेपाली काँग्रेसका सभापती प्रेमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा देवघाटका वडा नम्बर, १, २ र ३ का कृषकहरुले आफ्नो कृषि र पशु उपज बस्तुहरु प्रर्दशनी गरेका थिए । प्रर्दशनीमा उत्कृष्ट घोषित कृषकलाई पुरस्कार समेत प्रदान गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख पुर्णचन्द्र अधिकारीले बताए ।

सो अवसरमा दिगो कृषि नै समृद्धीको आधार भन्ने विषयमा माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता र कृषकसँग मन्त्री विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि