देवघाटमा एकिकृत सेवा तथा योजना सम्झौता

Devghat Online

शेयर गरौ

३० मंसिर, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ४ मा वडा स्तरीय एकिकृत सेवा तथा योजना सम्झौता कार्यक्रम मंगलबार सम्पन्न भयो । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको बारेमा वडा स्तरमा गई उपभोक्ता समितिलाई अभिमुखीकरण सहित सम्झौता सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए ।

सो अवसरमा वडा नम्बर ४ मा सन्चालन हुने ९ वटा योजना तथा कार्यक्रमका उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो । सो अवसरमा उपभोक्ता समितिका पदाधिकारीलाई योजनाको बारेमा जानकारी दिने तथा उनीहरुको सुझाव समेत संकलन गरिएको थियो ।

देवघाट वडा नम्बर ४ मा चालु आर्थिक वर्ष ०७७÷०७८ मा १२ वटा बिकास योजनाहरु छनौट गरिएको छ । ति सबै योजनाको सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर तिर्थराज ढुंगानाले जानकारी दिए । योजना सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले योजनाहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्ने बताए ।

वडा अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा टोल विकास संस्थाहरुलाई समेत अभिमुखीकरण गरिएको थियो । त्यसैगरि नीजि आवास पुननिर्माण गर्न बाँकी लाभग्राहीहरुसँग सम्झौता, संघ संस्था तथा व्यवसाय नविकरण तथा कृषि र पशु सम्बन्धी सेवाहरु पनि उपलब्ध गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी