देवघाटको देवालयमा पुरातत्व विभागद्वारा उत्खनन्

Devghat Online

शेयर गरौ

१ पुस, देवघाट
तनहूँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागद्वारा उत्खनन कार्य भईरहेको छ । विभागको टोलीद्वारा गत सातादेखी मन्दिर परिसरको पाँच वटा मन्दिर (पन्च देवल) को उत्खनन् भईरहेको छ ।

पाँच सय वर्ष अघि तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशुली र कालिगन्डकीको संगम देवघाटमा आई ध्यान गरि विभिन्न मठ मन्दिर र देवालयहरुको निर्माण गरेको विभिन्न प्रमाणहरुको आधारमा त्यस समयमा निर्मित मठ मन्दिर र देवालयहरुको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले बताए ।

मन्दिर परिसरमा रहेका पाँच मन्दिरहरु मध्ये चक्रवर्ती महादेवको मन्दिरको गत वर्ष ८० लाखको लागतमा पुननिर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरहरुको अहिले उत्खनन् भईरहेको छ । गत वर्षको मन्दिर पुननिर्माणको क्रममा पाँच सय वर्ष अघि (सन १५०६ ) को राजा मणिमुकुन्दशेनको शिलालेख र करुवामा पैसाको सिक्काहरु भेटिएको देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए ।

उत्खनन्मा विभागका प्राविधिक सहित पाँच जना र गैरप्राविधिक मजदुरहरु सहित २५ जना रहेका छन् । अहिले उत्खननको क्रममा मुख्य मन्दिरको गर्भ भागमा शिवलिङ्ग भेटिएको पुरातत्व विभागका अधिकृत ज्ञवालीले बताए । उक्त शिवलिङ्ग भेटिएपछि उक्त मन्दिर महादेवको मन्दिर रहेको पुष्टि भएको ज्ञवालीले बताए । बाँकी मन्दिरहरु कुन कुन देवी देवताको रहेको भन्ने बारेमा उत्खनन पछि पुष्टि हुने उनले बताए ।

उत्खनन कार्य सकिएपछि त्यसको प्रतिबेदन विभागमा दिएपछि मन्दिरहरुको पुननिर्माणको डिजाईन, शैली र ढाँचाको बारेमा आधिकारिक निर्णय हुने देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष पौडेलले बताए ।  देवघाटको निकै धार्मिक महत्व भएको हुँदा यसको ऐतिहाँसिक तथ्यहरुको संकलन र संरक्षणको लागि यो उत्खनन् कार्य निकै महत्वपुर्ण हुने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी