१३ पुस, देवघाट
दक्षिण क्षेत्र दिगो विकास सहकारी संस्थाको वार्षिक साधारण सभा शनिबार देवघाट ३ छिपछिपे स्थित सहकारीको सेवा केन्द्र भवनमा सम्पन्न भयो ।
सहकारीका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्घाटन गरे । सो कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामजी लौडारी देवघाट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पोलबहादुर आले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाट गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, समाजसेवी लेखनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए ।



सो अवसरमा अन्तरविद्यालय बक्तृत्वकला प्रतियोगिता, बालविकास केन्द्रका बालबालिकाको प्रतिभा प्रष्फुटन लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो । सो कार्यक्रममा चितवनका समाजसेवी पौडेलले विद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी सामाग्री तथा दमौली स्थित ढोरबाराही डेन्टलका प्रोपाईटर भरत पोख्रेलले निम्न वर्गका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेका थिए । सो कार्यक्रमको सन्चालन दक्षिण क्षेत्र विकास सहकारीका सदस्य खड्क आलेमगरले गरेका थिए ।












