जखडीमाई मन्दिरको बथस्थल पुननिर्माण हुने

Devghat Online

शेयर गरौ

१० फागुन, भरतपुर
भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित जखडीमाई टोलमा रहेको प्रसिद्ध ऐतिहाँसिक जखडीमाई मन्दिरमा रहेको बथस्थलको पुननिर्माण हुने भएको छ । मन्दिर परिसरमा रहेको बधस्थल जिर्ण र साँघुरो भएको कारण त्यसैको आडैमा बधस्थलको पुनिर्माण गरिन लागिएको हो ।

पुननिर्माण हुने बधस्थलको सोमबार बिहान वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले शिलान्यास गरे । सो अवसरमा वडा अध्यक्ष अधिकारीले जखडीमाई मन्दिर ऐतिहाँसिक र धार्मिक महत्वको भएको कारण यसको संरक्षणमा सबैले पहल गर्नु पर्ने बताए ।

जखडीमाई मन्दिरमा विशेषगरी फागुपुर्णिमाको अवसरमा ठुलो मेला लाग्ने र त्यसै अवसरमा नवनिर्मित बधस्थलको शुभारम्भ पनि गरिने जखडीमाई टोल विकास संस्थाकी अध्यक्ष कमला अर्यालले बताईन् । उनले टोलबासीको सहयोगले मन्दिरको संरक्षण हुँदै आएको र अव पनि सबैको सहयोग र समन्वयमा मन्दिरको थप प्रचार प्रसार र प्रबद्र्धन गरिने बताईन् ।

 

बधस्थल पुननिर्माणको सबै रकम वडा नम्बर ११ को लामाटोल निवासी सरीता कडेरीयाले उपलब्ध गराउने भएकी छिन् । प्राविधिक लागत अनुमानबाट उक्त बधस्थल पुननिर्माणकोलागि ३ लाख ५० हजार रुपैयाँ लाग्ने देखिएको र सबै रकम कडेरीयाले नै उपलब्ध गराउने टोल विकास संस्थाका सचिव मनोज अर्यालले जानकारी दिए । फागुपुर्णिमामा बधस्थल शुभारम्भको अवसरमा पुननिर्माण गर्ने कडेरीयालाई सम्मान पनि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी