छोरीको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

Devghat Online

शेयर गरौ

१५ फागुन, देवघाट
देवघाट गाउँपालिका २ घर भई हाल व्यास नपा २ बस्दै आएका भिमराज श्रेष्ठले दिवंगत छोरी कल्पनाको स्मृतिमा देवघाट गाउँपालिका वडा नम्बर २ खाल्टेमा रहेको आदर्श शिक्षा माविमा अक्षयकोष स्थापना गरेका छन् ।

विहिबार सम्पन्न उक्त विद्यालयको ५० औं वार्षिकोत्सव तथा अभिभावक दिवस तथा असमारोहमा श्रेष्ठले एक लाख २५ हजार ५ सय २५ रुपैयाँको अक्षयकोषकोलागि रकम विद्यालयका प्रअ देउराम सारु र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दलमाया वंशीलाई संयुक्त रुपमा हस्तान्तरण गरे । सो रकमबाट वार्षिक रुपमा विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रबृत्ती दिईने श्रेष्ठले बताए ।

अक्षयकोष रकम प्राप्त भएपछि विद्यालयका प्रअ सारुले उक्त अक्षयकोषले विद्यालयको पठन पाठनको लागि थप सहयोग हुने र जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई त्यसले राहत पुग्ने बताए ।
वार्षिकोत्सवको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्घाटन गरेका थिए । सो कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पोलबहादुर आले, देवघाट गाउँपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा