देवघाटलाई दुधमा आत्मनिर्भर बनाउने अभियानमा चक्रवत्री महिला उद्यमी सहकारी

Devghat Online

शेयर गरौ

१५ फागुन, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले पशुपालनमा जोड दिँदै देवघाट गाउँपालिकाकालाई दुधमा आत्मनिर्भर बनाउने अभियान चलाएको छ । सहकारी मार्फत डेरी उद्योग सन्चालन गर्दै आएको सो संस्थाले दुध र दुग्धजन्य उत्पादनमा देवघाटमहिलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएको सहकारीकी अध्यक्ष तारादेवी पन्तले बताईन् ।
२०६८ सालमा २५ जनाबाट स्थापना भएको सो सहकारीमा अहिले ५ सय ६३ जना महिला शेयर सदस्य छन् । सहकारीले मासिक बचत तथा ऋणको अलावा शेयर सदस्यबाट दुध संकलन गरि डेरी समेत सन्चालन गरेको छ । उक्त डेरीमा दैनिक १२ सय लिटर दुध संकलन हुने सहकारीकी व्यवस्थापक संगिता ओझाले बताईन् । अहिले सबै शेयर सदस्यहरु गाई भैसी पालनमा लाग्न नसकेको कारण दुध उत्पादनमा कमी भएपनि चाँडै नै सबैलाई दुध उत्पादनकोलागि उत्प्रेरणा जगाउने र धेरै भन्दा धेरै दुध संकलन गर्ने योजना रहेको ओझाले बताईन् ।


शेयर सदस्यहरुले पालेको गाई भैसीबाट उत्पादित दुध सहकारीको डेरीमा संकलन गर्ने ओझाले बताईन् । देवघाट क्षेत्रमा विक्री भएर बाँकी रहेको दुध दैनिक एक हजार लिटर विक्री गर्दै आएको र बाँकी रहेको दुधबाट दुग्धजन्य पदार्थहरु घ्यु, पनिर, खुवा, कुल्फी लगायत उत्पादन गरि विक्री गर्दै आएको व्यवस्थापक ओझाले बताईन् ।
सहकारीले पशुपालन गर्ने शेयर सदस्यलाई सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने, उनीहरुको बचत संकलन गर्ने र गाई भैसीकोलागि आवश्यक पर्ने दाना, चोकर र चापर समेत विक्री गर्दै आईरहेको छ । शेयर सदस्यबाट अनिवार्यरुपमा मासिक एक सय रुपैयाँ र अन्य ऐच्छिक बचतका कार्यक्रम समेत सन्चालन भएको शेयर सदस्य साविक्री न्यौपाने बताईन् ।


आफ्नै भवन रहे पनि व्यवस्थापन गर्न भने निकै समस्या पर्ने गरेको व्यवस्थापक ओझाले बताईन् । आर्थिक अभावमा ठुलो भवन निर्माण गर्न नसक्दा भवन साँघुरो भएको र कृषकले पालेको गाई भैसीलाई दाना र चोकर राख्ने ठाउँको अभाव भएको व्यवस्थापक ओझाले बताईन् । साथै पर्याप्त मात्रामा चिलिङ भ्याट मेसिन नहुँदा कहिलेकाँही दुध चिस्याउन नसकिएको जसको कारण दुध खेर फाल्नु पर्ने अवस्था समेत आएको ओझाले बताईन् ।


सो संस्थालाई गत वर्ष पशुपन्छी तथा मत्स्य विकास केन्द्र काठमाडौंले एक थान चिलिङ भ्याट मेसिन सहयोग गरेको थियो । संस्थालाई अर्काे पनि चिलिङ भ्याट मेसिन आवश्यक परेको हुँदा उपलब्ध गराउन सहयोग गर्न सोमबार सहकारीको अवलोकनमा जानु भएका प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानलाई अध्यक्ष पन्तले अनुरोध गरिन् । सो अवसरमासांसद श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय मार्फत चिलिङ भ्याटकोलागि र संस्थाको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी