देवघाटमा श्रीमतीले श्रीमानलाई बोकेर दौडने प्रतियोगिता

Devghat Online

शेयर गरौ

फागुन २५, देवघाट
यसैविच १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमानलाई बोकेर दौडने प्रतियोगिता आयोजना गरेको छ । १ सय मिटरको उक्त दौड प्रतियोगितामा १४ जोडीले भाग लिएका थिए ।


प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम, गंगा गुरुङ र नविन गुरुङको जोडी द्वित्तिय, सिता लामिछाने र बलबहादुर लामिछानेको जोडी तृतिय र उजेली पोख्रेल र भरत पोख्रेलको जोडी सान्त्वना भएको थियो ।


यसखाले प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । प्रतियोगितालाई लिएर विभिन्न टिका टिप्पणी भएपनि यस प्रतियोगिताले महिला पनि हरेक काममा सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताए । पहिलो पटक देवघाटले आयोजना गरेको भए पनि अर्काे वर्षदेखी देशका अन्य स्थानीय तहले पनि यस खाले प्रतियोगिता आयोजना गर्ने अध्यक्ष थापाले बताए ।


नौलो खाले प्रतियोगिता आयोजना भएको कारण देवघाट गाउँपालिका मात्र नभएर छिमेकी चितवन जिल्लाबाट समेत प्रतियोगिता अवलोकन गर्न सर्वसाधरण आएका थिए । प्रतियोगितामा प्रथम भएकी विष्णु अधिकारीले पुरुष सरह महिलाले पनि हरेक काम गर्न सक्छन् भन्ने उदाहरण दिन आफु सफल भएको बताईन् । प्रतियोगितामा बिजयीहरुलाई राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले पुरस्कार प्रदान गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा