शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या सम्बोधन गर्न माग

Devghat Online

शेयर गरौ

२० फागुन, दमौली
मानवअधिकार समुह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि समस्याहरु सम्बोधन गर्न माग गरेको छ । समुहले बुधबार भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुनिल पाण्डेलाई ज्ञापनपत्र बुझाई मानवअधिकार समुहले पहिचान गरेका समस्याहरु समाधान गर्न माग गरेको हो ।

इन्सेकको सहयोगमा भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धि नागरिकलाई सचेतना जगाउने कार्यक्रम सन्चालन भईरहेको भन्दै उक्त कार्यक्रमको सन्दर्भमा गठन गरिएको मानवअधिकार समुहले नगरपालिका भित्र रहेका समग्र मानवअधिकारको विषय र त्यस मध्ये महत्वपुर्ण मानिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई सम्बोधनकोलागि विभिन्न समयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको भन्दै ज्ञापनपत्रमा नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम तथा योजनाहरु निर्माण गर्दा मानवअधिकारमैत्री बनाउन माग गरिएको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा समेत समाविष्ट गरेको र मानवअधिकार समुहले पटक–पटकको बैठक र विभिन्न अन्तरक्रिया कार्यक्रम एवं सरोकारवालाहरुसँगको भेटमा पहिचान गरिएका विषय वस्तुहरुलाई आगामी वर्षको नीति, योजना र कार्यक्रममा सम्बोधन गर्ने विश्वास सहित ज्ञापनपत्र बुझाईएको मानवअधिकार समुह भानुका संयोजक कृष्णराज धमनीयाले बताए ।
ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आगामी कार्यपालिकाको बैठकबाट पारित गरि समुहको मागलाई सम्बोधन गरि आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको