बन्दिपुरद्वारा कृषकलाई विभिन्न सामाग्री वितरण

Devghat Online

शेयर गरौ

३ चैत, बन्दिपुर
बन्दिपुर गाउँपालिकाले कृषक तथा कृषक समुहलाई विभिन्न सामाग्री वितरण गरेको छ । मंगलबार गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पुर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले कृषकहरुलाई अनुदानमा ति सामाग्रीहरु उपलब्ध गराएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार ९५ थान प्लाष्टिक टनेला तथा ४७ घरधुरी कृषक तथा समुहलाई बिज बृद्धीकोलागि मुल बिउ र उन्नत जातको बिउ वितरण गरिएको थियो । ति मध्ये प्लाष्टि टनेलाकोलागि गाउँपालिकाको ६० प्रतिशत अनुदान दिएको थियो भने कृषकको ४० प्रतिशत लागत परेको छ । त्यस्तै उन्नत जातको बिउकोलागि गाउँपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लागत परेको छ ।
अनुदानकोलागि यस अघि नै निबेदन दिएका कृषक मध्येबाट छनौट गरि ति कृषि सामाग्री र बिउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा