देवघाटद्वारा प्रत्येक वडामा एक नमुना गाउँ छनौट

Devghat Online

शेयर गरौ

देवघाट गाउँपालिकाले प्रत्येक वडामा एक नमुना गाउँ छनौट गरेको छ । शिक्षा, स्वास्थ्य वातारण र सरसफाईको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने टोललाई नमुना टोल घोषणा गर्ने नीति अनुसार शनिबार पहिलो पटक वडा नम्बर ५ को रातमाटे सुन्दर बस्ती टोललाई नुमना गाउँ शुभारम्भ गरियो ।
शनिबार राटामाटे सुन्दर बस्ती टोलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले उक्त टोललाई नमुना टोल भएको घोषणा गरेका थिए । स्वास्थ्य, सरसफाई र शिक्षाको क्षेत्रमा राम्रो काम गर्ने टोललाई नमुना गाउँ घोषणा गर्ने गाउँपालिकाको नीति बमोजिम रातमाटे सुन्दरबस्ती टोललाई नमुना घोषणा गरिएको अध्यक्ष थापाले बताए । सबै घरमा खानेपानीको धारा जडान, सबै घरधुरीमा मदिराको व्यवस्थापन, प्रत्येक घरका विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको लगातका विभिन्न ६१ वटा सुचकको आधारमा नुमना गाउँ घोषणा गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
गाउँमा मदिरा व्यवस्थापन, पुर्ण सरसफाई, वातावरण मैत्री घर, बालमैत्री, सबै घरमा ३५ घटना दर्ता अनिवार्य, प्रत्येक घरमा करेसाबारी, सबै घरमा गमलामा फुल रोपण, गाउँमा हुने विवहा, ब्रतबन्ध जस्ता चाडपर्वको भोज भतेर एकै दिनमा टुङ्ग्याउने कार्य, तथा विकास निर्माणमा जनश्रमदानको अनिवार्य जस्ता ६१ वटा सुचकहरु तयार गरि नमुना गाउँ छनौट गरिएको अध्यक्ष थापाले बताए । यस अघि गाउँपालिकाले पाहुनालाई मदिराले नभई चिया र दुधले स्वागत गर्ने अभियान चलाएको थियो । त्यसको कार्यान्वयनलाई पनि नमुना गाउँ छनौटको आधार बनाईएको अध्यक्ष थापाले बताए । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाले भौतिक रुपमा मात्र नभई क्षमता र चेतनाको क्षेत्रमा पनि फड्को मारेको बताए ।
नमुना गाउँ छनौट भएका टोलमा अन्य टोलहरुबाट भ्रमण गराईने, तथा विकासका कामहरुले पनि अन्य भन्दा प्राथमिकता पाउने अध्यक्ष थापाले बताए । गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङका अनुसार वडा नम्बर १ को वर्षा खोला टोल, वडा नम्बर २ को करादिप टोल, वडा नम्बर ३ को लुङग्रीङ टोल र वडा नम्बर ४ को आमडाँडा टोललाई पनि नमुना गाउँको रुपमा छनौट गरिएको छ ।
सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता गुरुङले वडा नम्बर ५ भित्रका २१ वटा टोल बिकास संस्थाहरु बीचको राटामाटे सुन्दर बस्ती नमुना बस्ती हुन सफल भएको बताँउदै आगामी दिनहरूमा बिकासको कार्यमा सवै टोलबिकास संस्थाहरु संग सहकार्य गरेर अगाडी बढ्ने बताए । वडा नम्बर ४ का वडा अध्यक्ष पदमबहादुर गुरुङले नमुना गाउँ बन्न सफल भएका टोलहरुको बारेमा अध्ययन गरेर अर्काे वर्ष आफ्नो टोललाई नमुना बनाउन अन्य टोलवासीलाई अनुरोध गरे ।
राटामाटे सुन्दर बस्ती नमुना गाउँका अध्यक्ष डा.सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवघाट गाउँपालिका नेकपा एमालेका सचिव केशवचन्द्र न्यौपानेले देवघाट गाउँपालिकाले मात्र नभई सम्पुर्ण टोल बिकास संस्थाहरुले नमुना बस्तीको रुमपा लिनुपर्ने बताए । उनले इच्छा शक्ति र संकल्प लिएर अगाडी बढ्यो भने असम्भव भन्ने कुरा केहि छैन भन्ने कुरा राटामाटे सुन्दर बस्तीले प्रमाणित समेत गरेको बताए । नेपाल काँग्रेसका सभापति प्रेम बहादुर गुरुङले सवै टोल बिकास संस्थाहरुले आफ्नो ठाउँको बिकास आफैंले गर्नुपर्छ भन्ने संकल्प लिएर अगाडी बढ्न सके आफ्नो ठाँउको बिकास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी