गन्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ

Devghat Online

शेयर गरौ

२९ बैशाख, पोखरा
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यस अघि आफुमाथी अविश्वासको प्रस्ताव दर्ता भएपछि तिन दिन अघि मुख्यमन्त्री गुरुङले राजिनामा दिएका थिए । प्रदेश प्रमुख पौडेलले दलरुलाई बहुमत सदस्यको समर्थन लिएर आउन तिन दिनको समय दिएकी थिईन् । यो अवधिमा कुनै पनि दलले बहुमत सदस्यको समर्थन जुटाउन नसकेपछि सबैभन्दा ठुलो दलको नेताको हैसियतमा गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

माओवादी केन्द्र र जनता समाजबादी पार्टीको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत सांसद सहित मुख्यमन्त्रीको दावी पेश गरे पनि जनमोर्चाका दुई सांसद कृष्ण थापा र खीम विक्रम शाहीले आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि प्रदेश प्रमुखलाई गुरुङलाई नै ठूलो दलको हैसियतमा मुख्यमंत्री बनाउने बाटो खुलेको थियो ।
संविधान अनुसार अल्पमतको सरकारको नेतृत्व गरेका गुरुङले अव ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा