डढेलोबाट जोगाउन वन सरसफाई

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे, देवघाट अनलाइन
देवघाट, चैत १३

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिले डढेलोबाट वन क्षेत्र जोगाउन वन सरसफाई गरेको छ । सब डिभिजन वन कार्यलय देवघाटको सहकार्य सोमबारबाट वन सरसफाई गरि अग्निरेखा बनाईएको वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।

उपभोक्ताले डढेलोवाट जोगाउन वनमा नियन्त्रित आगलागी समेत गराएका थिए । त्यसो गर्नाले भविष्यमा आगलागिको जोखिम नहुने सब डिभिजन वन कार्यलय देवघाटका प्रमुख नवराज घिमिरेले बताए । वनलाई डढेलोबाट जोगाउनकोलागि वन सरसफाई कार्यमा उपभोक्ता कार्य समिती, अनुगमन समिती, लेखा समिती र डिभिजन बन कार्यलय देवघाटका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सब डिभिजन वन कार्यलय देवघाटका प्रमुख घिमिरेले चैत बैशाखको समयमा वन जंगल क्षेत्रमा डढेलोको जोखिम हुने हुँदा सबै वन समुहले वन सरसफाई, नियन्त्रित आगलागि र अग्निरेखाको निर्माण गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण