उम्मेदवार सिफारिस गर्न नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीको बैठक सुरु

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

दमौली, चैत १६

उपनिर्वाचनको लागि उम्मेदवारको सिफारिस गर्न नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ को बैठक दमौली स्थित जिल्ला कार्यालयमा सुरु भएको छ ।

जिल्ला कमिटीका उपाध्यक्ष एवं क्षेत्र नम्बर १ का संयोजक हरिराज कडेंलको अध्यक्षतामा सुरु भएको बैठकले उम्मेदवार हुन चहानेको नाम संकलन गरि माथिल्लो कमिटीमा सिफारिस गरिने संयोजक कडेंलले जानकारी दिए । एमालेले क्षेत्रीय कमिटी मार्फत कम्तीमा १ महिला सहित बढिमा ३ जनाको नाम सिफारिस गर्न सर्कुलर गरेको छ ।

 

बैठकमा केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, केन्द्रीय विभागका सदस्यहरु परितोष पौडेल र सोभा गुरुङ, गन्डकी प्रदेश सचिवालय सदस्य कृष्णराज ढकाल, रामबहादुर गरुङ, प्रदेश सदस्यहरु ऋषि केसी, अमर भण्डारी, जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, एमाले नेता सर्वेन्द्र खनाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता