सामाजिक कुरीति विरुद्ध अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २२

सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा सामाजिक कुरीति बिरुद्ध सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा भएको सो कार्यक्रममा समाजमा रहेका कुरीति र त्यसले पार्ने असरका साथै कानूनी प्रक्रियाका बारेमा अधिवक्ता सरिता भण्डारीले सहजीकरण गरेकी थिइन् ।

उनले दाइजो प्रथा, छुवाछुत, बोक्सी आरोप, छाउपडी प्रथा, बालविवाह, देउकी, झुमा, कुमारी आदि सामाजिक कुरीति रहेको बताएकी थिइन् । यस्ता कुरीतिले समाज, संस्कार, र संस्कृतिमा क्षति पुयाएको उनको भनाइ थियो ।

सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले लैंङ्गिक हिंसा, बाल विवाह, दाइजो प्रथा जातीय भेदभाव, मानव वेचविखन तथा ओसारपसार लगायतका परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरणमा सबै एकजुट हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सहकारी संस्था, नागरिक समाज, जेष्ठ नागरिक, एकल महिला, दलित मञ्च, बाल क्लव लगायतका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय