देउवा–जोशी समुह विचको वार्ता विना निश्कर्ष, जोशी समुह आफ्नो ढङ्गले अगाडी बढ्ने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २७ गते

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काँग्रेसको विद्रोही समुहको रुपमा चिनिने पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुह विचको वार्ता बिना निश्कर्ष टुङ्गिएको छ । सोमबार देउवा निवास धुम्बाराहीमा भएको वार्तामा कुर्न निश्कर्ष ननिस्किएको बताईएको छ ।

वार्तामा सभापती देउवा र जोशी पुत्र दिपकराज जोशी सहभागी थिए । सो क्रममा सभापती देउवाले गोविन्दराज जोशीलाई पार्टीको केन्द्रीय सदस्यको प्रस्ताव गरेका थिए । सो प्रस्ताव जोशी समूहले अस्वीकार गरेको छ । वुवालाई केन्द्रिय सदस्य बनाएर थामथुम गर्ने प्रयास रहेकोमा त्यसलाई आफुले अस्विकार गरेको दिपकले बताए ।

तनहुँमा प्रभावशाली हैसियत निर्माण गरेका जोशीसमुहलाई हातमा लिएर तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन जित्ने रणनीति नेपाली काँग्रेसले बनाएको छ । जोशी समुहले गोविन्दराज जोशीलाई पार्टीको बरिष्ठ नेता बनाउनु पर्ने, केहीलाई केन्द्रिय सदस्य बनाउनु पर्ने र तनहुँ जिल्ला कार्य समितिमा ३३ प्रतिशत सहभागिता गराउनु पर्ने अडान राखेको बताईएको छ ।

उपचुनावलाई मध्यनजर गर्दै काँग्रेसले केही दिन अघि पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । तर, कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको जोशीले बताइसकेका छन् ।

सभापती देउवासँगको वार्ता असफल भएपछि जोशी समुहले अव आफ्नो ढङ्गले अगाडी बढ्ने तयारी भएको दिपक जोशीले बताए । चाँडै नै विज्ञप्ति मार्फत धारणा सार्वजानिक गर्ने जोशीले बताए । बैशाख १० गते हुने उपचुनावमा कसलाई सहयोग गर्ने भन्ने बारेमा जोशी समुहले निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण