देवघाट अनलाइन
दमौली, चैत ३०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षमा तनहूँ–१ बाट सवेन्द्र खनाल, चितवन–२ बाट रामप्रसाद न्यौपाने र बारा–२ बाट पुरुषोत्तम पौडेललाई संसदमा स्वागत गर्ने पर्खाइमा रहेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले सामाजिक सन्जाल मार्फत ‘बैशाख १० गतेको उपचुनावपछि तपाईंहरुलाई संसदमा स्वागत गर्ने पर्खाइमा छु ।’ भनेका छन् ।
एमालेका तिन उम्मेदबारको फोटो राख्दै अध्यक्ष ओलीले नयाँ वर्षमा उहाँहरुलाई नयाँ भुमिकाकोलागि शुभकामना दिएका छन् । अध्यक्ष ओली चुनावी सभाको लागि यही बैशाख ५ गते तनहुँको दमौली र डुम्रेमा आउने भएका छन् । तनहुँ १ सहित चितवन २ र बारा २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।