काँग्रेसका नेताहरु भन्छन्–घन्टीको प्रचार गर्न छोडेमा चुनाव जितिन्छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

काँग्रेसका केन्द्रीय स्तरका नेताहरुले काँग्रेसका कार्यकर्ताहरुले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार र चुनाव चिन्हको प्रचार गरेको चिन्ता व्यक्त गरेकाछन् । उनीहरुले काँग्रेसका कार्यकर्ताले घन्टीको प्रचार गर्न छोड्नु पर्ने बताए । तनहुँ मूलथलो भएका काँग्रेस निकट बुद्धिजिवीहरुको शनिबार दमौलीमा भएको भेलाले काँग्रेसका कार्यकर्ताहरुले नै विपक्षी पार्टीको उम्मेदबार र चुनाव चिन्हको प्रचार गर्न छोडेमा चुनाव जित्न सहज हुने बताएका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसका उम्मेदवारका बारेमा कार्यकर्ताले चर्चा गर्नुपर्ने भन्दै आफ्नो चर्चा नगरेर अरूको चर्चा गर्न आजैबाट छोडेमा चुनाव सजिलै जितिने दावी गरेका थिए ।

सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सत्तामा नगइन्जेल देशमा ठुला ठुला भ्रष्टाचार भएको छ भन्ने र आँफै सत्तामा जाँदा ती सबै कुराहरू नदेख्ने मान्छेहरूले गरेको राजनीति टिकाउ नहुने बताए । नेता रिजालले गोविन्द भट्टराई शालीन र धैर्यवान नेता भएको बताए । उनले पार्टी भित्र अहिले नैँ पाइहालौँ भन्ने प्रवृत्ति केही नेतामा देखिएको भए पनि तनहुँ १ का उम्मेदवार बनेका गोविन्द भट्टराईमा त्यस्तो कहिल्यै नदेखिएको भन्दै बरू उनी कुनै दिन पालो आउला भन्दै कुरेर बसेको नेता भएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केही महिना अगाडि भएको चुनावमा काँग्रेसले धेरै मत फरकमा जितेको अवस्थामा अब बैशाख १० गते हुने निर्वाचनमा पनि अझै धेरै मत फरकमा चुनाव जित्ने बताए । केन्द्रीय सदस्य शंकर भण्डारीले अप्ठ्यारो परेको बेलामा सबै क्षेत्रका मानिसले पार्टीलाई सहयोग गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोख्रेलले तनहुँमा पहिलेका तुलनामा विकासले गति लिएको भन्दै भट्टराई राजनीतिभन्दा विकासलाई प्राथमिकता दिने व्यक्ति भएकाले आफूहरुको साथ रहेको बताए । उनले भट्टराई विजयी भएमा जिल्लाको सडक सञ्जालदेखि अन्य भौतिक तथा मानविय विकासका लागि साथ दिने प्रतिवद्धता जनाए ।

सो कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले बौद्धिक व्यक्तित्व भट्टराईमा तनहुँको विकास गर्ने सम्भावना देखेकाले आफूहरुको साथ रहने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा