देवघाटको गाउँ गाउँमा घन्टीको प्रचार प्रसार

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, बैशाख २

देवघाट गाउँपालिकाका विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घन्टीको व्यापक प्रचार प्रसार गरिएको सो पार्टीले जनाएको छ । रास्वपा देवघाटका संयोजक बलबहादुर क्षेत्रीको नेतृत्वमा केही युवाले देवघाटका विभिन्न वडा र टोलमा पुगी चुनाव चिन्ह घन्टीको व्यापक प्रचार प्रसार गरेका हुन् ।

चुनावी प्रचार अभियानको देवघाटको विभिन्न वडामा पुगेका कार्यकर्ताहरुले घन्टी र उम्मेदबार डा.स्वर्णिम वाग्लेको पक्षमा व्यापक प्रचार गरिएको संयोजक क्षेत्रीले बताए । तनहुँ क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदबार डा. वाग्ले अन्तराष्ट्रिय स्तरमा समेत ख्यातीप्राप्त अर्थविद भएको हुँदा उहाँलाई चुनाव जिताएर पठाएमा तनहुँका दुर्गम भेगको समेत समुचित विकास हुने हुँदा आफुहरुले यसपटक घन्टीबहाक उम्मेदबारलाई जिताउन लागि परेको क्षेत्रीले बताए ।

पछिल्ला दिनमा देवघाटमा रास्वपाको पक्षमा विभिन्न पार्टीमा संलग्न भएका युवाहरु खुल्ने क्रम बढेको छ । देवघाटमा गत साता रास्वपाका सभापती रवि लामिछाने र उम्मेदबार स्वर्णिम वाग्लेको विशेष उपस्थितीमा चुनावी सभा आयोजना गरिएपछि देवघाटमा रास्वपाको पक्षमा लहर आएको संयोजक क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता