एमाले उम्मेदबार खनालले भने–तनहुँ जिल्लालाई विकासमा नमुना बनाउँछु

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले तनहुँ जिल्लालाई विकासमा नमुना बनाउने बताएका छन् । शनिबार भानु नगरपालिकाको विभिन्न वडामा भएको चुनावी कार्यक्रममा बोल्दै खनालले आफ्नो दिमागमा विकासको मार्गचित्र कोरिसकेको भन्दै उनले आफ्नो उक्त मार्गचित्रलाई संसदमा पुगेर कार्यान्वयन गर्ने बताए । आफु काम गर्ने हुटहुटी भएर आएको भन्दै खनालले जनताको जिवनस्तर सुधार्ने, आर्थिक रुपमा जिल्लालाई समृद्ध बनाउने र विकासको काममा पनि नमुना बनाउने आफ्नो संकल्प भएको बताए ।

तनहुँ जिल्ला कृषिजन्य उपजको हिसाबले, यहाँ प्रकृतिक स्रोत साधन पनि राम्रो छ । तर, प्रयोग गरिएको छैन । यसले गर्दा स्वास्थ्य, शिक्षा, यातायात, मल, सिँचाइका समस्या छन् । पर्यटकीय सम्भावना भएका क्षेत्र भएपनि त्यो प्रचुर मात्रामा कार्यान्वयन भएको खनालले बताए । ‘युवाहरुका लागि फुटबल खेल्ने ग्राउण्ड छैन’, खनालले भने ‘महिलाहरुले पाउने सामाजिक न्यायका कुरा छन् । राजधानीबाट नजिक भएको जिल्लाबाट निर्वाचित भएर गएपछि विभिन्न निकायबाट समन्वय गर्नुपर्छ र विकासमा जोड दिनुपर्छ भन्ने हो । यसका लागि म तयार छु, दृढ संकल्प पनि छ ।’

आफ्नो उद्देश्य पनि सधैँ राम्रो काम गर्ने, देशका लागि राम्रो गर्ने नै भएको भन्दै खनालले तनहुँका मतदाताहरु विवेकी हुनुहुन्छ र उपयुक्त उम्मेदवारको रुपमा मलाई लिनुभएको छ भन्ने विश्वास लिएको उनले बताए । यो क्षेत्रमा मैले विगतमा गरेको कामले पनि राम्रो गर्छ भन्ने मतदातामा विश्वास रहेको खनालले बताए । विगतको रेकर्ड राम्रो भएका कारणले पनि आफुलाई तनहुँबासीले सहजै स्विकार गर्ने खनालले बताए ।

‘प्रहरीमा हुँदा देश र नागरिकका लागि खटेँ, लडेँ, त्यो कुरा त देख्नुभएको छ ।’ उनले भने ‘अब सांसद भएर पनि केही स्वार्थ नराखी सुशासनका पक्षमा, भ्रष्टाचार र अनियमितता विरुद्ध दरिलो उपस्थिति गरिदिए हुन्थ्यो भन्ने भावना पाएँ । यी सबै अपेक्षाले पनि देखाउँछ परिणाम कस्तो हुन्छ आउँला भनेर ।’ ‘अरुभन्दा फरक भनेको मैले हिजो प्रहरीमा हुँदा गरेका काम नै हुन्, प्रहरी हुँदै गर्दा जहाँ सुरक्षा त्यहीँ दीगो विकास भन्ने कन्सेप्ट सुरु गरेको थिएँ । विकास र सुरक्षा एक अर्कोका सारथि हुन् । यसलाई संस्थागत रुपमै अगाडि बढाउनुपर्छ ।’ खनालले आफुले भारी मतले चुनाव जित्ने दावी समेत गरे ।

भानुमा भएको चुनावी अभियानमा नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, प्रदेश कमिटिका सचिवालय सदस्य केदार सिग्देल, नेता विधान आचार्य, प्रदेश कमिटिका सदस्य रामबहादुर गुरुङ, जिल्ला कमिटिका सचिवालय सदस्य शंकर रानाभाट, जिल्ला सदस्य हरिबहादुर पाण्डे लगायतका नेताहरुले राष्ट्र र राष्ट्रियता बचाउन एमालेको उम्मेदबारलाई जिताउनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने