दिपक जोशी भन्छन्–नेपाली काँग्रेसमा दानब मात्र छन्

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

नेपाली काँग्रेस स्वतन्त्र समुहका नेता दिपकराज जोशीले नेपाली काँग्रेसमा दानव मात्रै बाँकी रहेको बताएका छन् । शनिबार सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै जोशीले काँग्रेसमा रहेकाहरुलाई दानवको संज्ञा दिएका हुन् । ‘महामानव विपी कोइरालाले बनाएको नेपाली कांग्रेस पार्टीमा आज मानवहरु कहीं कतै देखिदैन, यहाँ त केबल दानब हरु छन् । उनीहरूलेनै सेवाको नाममा शासन गर्दै हामीलाई शोषण गर्दै आई रहेका छन् ।’ जोशीले भने छन् ।

आफु घाईते भएको फोटो राख्दै जोशीले भनेका छन् ‘तपाईहरु सबैलाई थाहै छ गएको स्थानीय चुनावमा व्यासपा न–८ (अहिलेका राष्ट्रपती रामचन्द्र पौडेलको गाउँ) रिस्तीको बुथमा मलाई हमला गरेर मार्ने षड्यन्त्र गरियो । मेरो टाउको मा ८ वटा टाका लगाइएको थियो । म अहिले पनि उपचार गराई रहेको छू, त्यति बेला यो जिल्लाको कांग्रेसहरु र मेरो बुवाका साथी हरूले मानवीयता देखाएनन् । सायद उहाँहरुसँग मानवीयता थिएन होला ।’ जोशीले भनेका छन् ‘त्यति मात्र कहाँ हो र टिभिमा दीपकराज जोशीलाई गोली हान्न पर्ने थियो लठ्ठी मात्र हानेछ भन्ने पात्र रामचन्द्र पौडेललाई देशको राष्ट्रपती बनाइयो भनेर खुसि हुदै उत्सव मनाउने हरुको फेसवुक पोस्टहरु अहिले पनि मेरो मानसपटल बाट गएको छैन् ।’

मानवीयता बिनाको राजनीतिले देशलाई समृद्धि दिन सक्दैन भन्दै जोशीले ७४ वर्षीय आमाको कोख रित्याउन लाग्दा खुसी भएर उत्सव मनाउनेहरुलाई अहिले पापको प्रयाश्चित गर्ने मौका तनहुँ १ लाई मिलेको बताए । यस्तो मौका पटक पटक आउदैन भन्दै दिपकले यो लडाइ देश विकास गर्नको लागि मात्रै होइन, यो लडाइ अब आउने पुस्तालाई सुरक्षा, सुशासन, आत्मनिर्भरता र आफ्नै समाजमा गर्व गरेर बस्न लायक वनाउने लडाई भएको बताए ।

उनले तनहुँको भविष्य स्वर्णिम अक्षरले कोर्नु पर्ने बताए । ‘हामीले शुरू गरेको बिद्रोहको आगो आज देशै भरी फैलिएको छ । साथी हरु, समाजद्रोही, देसद्रोही हुनु भन्दा विद्रोही बन्नु धेरै राम्रो हुन्छ । त्यसैले तनहुँबासीले यस पालि तनहुँको भविस्य स्वर्णीम अक्षरले कोर्नु हूने छ । जोशीले भनेका छन् ‘साथिहरु, यो वेद व्यासको भूमि हो, यो पराशर भूमि हो । वेद व्यास जसले माहाभारत लेखे । आज यो देश विषम परीस्थितीबाट गुज्रिरहेको छ । महाभारतमा पाण्डव हरुको जीत भए जस्तै यसपालि तनहुँमा सत्यको जीत हूने छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने