व्यासको विभिन्न वडामा रास्वपाको घर दैलो अभियान (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

उपनिर्वाचनको प्रचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले व्यास नगर पालिकाका विभिन्न वडामा घर दैलो अभियान सुरु गरेको छ । शनिबार रास्वपाले व्यासका विभिन्न वडामा घर दैलो र प्रचार कार्यक्रम सुरु गरेको हो ।

सो प्रचार कार्यक्रममा रास्वपा सांसदद्वय सोविता गौतम र सन्तोष परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो । तनहुँमा पछिल्लो दिनमा रास्वपाले आक्रामकरुपमा चुनावी अभियान सन्चालन गरिरहेको छ ।

रास्वपाले आईतबार दमौलीमा चुनावी सभा आयोजना गर्ने भएको छ । सो सभामा रास्वपाका सभापती रवि लामिछाने, तनहुँ १ का उम्मेदबार स्वर्णिम वाग्ले, सांसदहरु सोविता गौतम, तोसिमा कार्की, सन्तोष परियार, सन्चारकर्मी रमेश प्रसाई लगायतका नेताहरु सम्बोधन गर्ने छन् । सो चुनावी सभामा राष्ट्रिय स्तरका केही कलाकारहरुको समेत उपस्थिती रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता