व्यासको विभिन्न वडामा रास्वपाको घर दैलो अभियान (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख २

उपनिर्वाचनको प्रचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले व्यास नगर पालिकाका विभिन्न वडामा घर दैलो अभियान सुरु गरेको छ । शनिबार रास्वपाले व्यासका विभिन्न वडामा घर दैलो र प्रचार कार्यक्रम सुरु गरेको हो ।

सो प्रचार कार्यक्रममा रास्वपा सांसदद्वय सोविता गौतम र सन्तोष परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो । तनहुँमा पछिल्लो दिनमा रास्वपाले आक्रामकरुपमा चुनावी अभियान सन्चालन गरिरहेको छ ।

रास्वपाले आईतबार दमौलीमा चुनावी सभा आयोजना गर्ने भएको छ । सो सभामा रास्वपाका सभापती रवि लामिछाने, तनहुँ १ का उम्मेदबार स्वर्णिम वाग्ले, सांसदहरु सोविता गौतम, तोसिमा कार्की, सन्तोष परियार, सन्चारकर्मी रमेश प्रसाई लगायतका नेताहरु सम्बोधन गर्ने छन् । सो चुनावी सभामा राष्ट्रिय स्तरका केही कलाकारहरुको समेत उपस्थिती रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा