करेन्ट लागी घिरिङमा २ गम्भिर घाईते

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
घिरिङ, बैशाख ३

करेन्ट लागेर घिरिङ गाउँपालिकामा २ जना गम्भिर घाईते भएका छन् । आईतबार दिउँसो घिरिङ गाउँपालिका–२ कोलडाडा स्थित भित्री सडक खण्डमा सवार ग १३ प ७०९ नम्बरको मोटरसाईकलले सडक छेउमा लत्रिएको थ्री फेसको लाईनको तारमा छुन गई करेन्ट लाग्दा मोटरसाइकल चालक लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका–७ कर्पुटारका ५० बर्षिय तिर्थ घिमिरे र पछाडी बस्ने बझाङ जिल्ला तल्लोकोट गाउँपालिका–२ का २७ बर्षिय जीबन रोकाया गम्भिर घाईते भएका छन् ।

घाईतेहरु सोही वडाको पार्वती आधारभुत बिद्यालयका शिक्षक रहेको र उनीहरु विद्यालय छुट्टि भएपनि आफ्नो डेरा तर्फ फर्कदै गरेका थिए । दुबै घाईतेहरुलाई उपचारको लागी तत्काल पोखरा तर्फ पठाईएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता