जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
आवुँखैरेनी, बैशाख ३

आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय केही अघिको गाउँ कार्यपालिकाको बैठकले गरेको थियो । अहिले नयाँ भर्ना अभियान सुरु हुँदा उक्त निर्णय कार्यान्वयनमा गएको छ । जनप्रतिनधिले आफ्ना छोराछोरी धमाधम सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।

गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिक सत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अनिबार्य अध्ययन गराउने यसअघि निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफ्ना २ छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर उक्त अभियानको सुरुवात गरेका छन् । अध्यक्ष चुमानले छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा २ कक्षामा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना गराएका छन् । यसअघि अध्यक्ष चुमानका छोराछोरी आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूलमा अध्ययन गर्दै आएका थिए ।

सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको हुँदा आफुले आफ्ना छोरछोरीलाई सामुदायिक विद्यालयमा ल्याएको अध्यक्ष चुमानले बताए । गाउँपालिकाका ३२ जना जनप्रतिनिधिले आफ्ना छोराछोरी एवं नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने भएका छन् ।

गाउँपालिकाले विक्रम संवत् २०८० साललाई सामुदायिक विद्यालयको शिक्षा रूपान्तरण अभियानका रूपमा अगाडि बढाउने भएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी