माल्टा/ नेपाली नयाँ बर्ष २०८०को अबसर पारेर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनको आयोजनामा मिनी नेपाल झल्कने नेपाल डे कार्यक्रम सम्पन्न भएको छ ।
हजारौँको संख्यामा उपस्थित भएका नेपालीहरुले नेपालमा पर्यटन प्रर्वद्धन गर्न नेपाल चिनाउने मौलिक र साँस्कृतिक कार्यक्रम गरेका थिए । नेपाको भल्को मेटाउने कार्यक्रममा नेपाली दुताबास लण्डन , स्पेन , नेपाल टुरिजम बोर्ड र कोस्टा ईज किलीएर फाउन्डेसनको सहयोग रहेको थियो। माल्टामा रहेका विभिन्न नेपालीहरुको संघ सस्थाको साथै विदेशी नागरिकहरुको समेत सहभागीता रहेको कार्यक्रममा झन्डै ३ हजार व्यक्तिको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमका सभापति एवम् माल्टा च्यारिटी अर्गनाईजेसनका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
कार्यक्रमको संयोजक रहेका रेम्श खनाल हाम्रो देश नेपाल बहु जाति, बहु धार्मिक,बहु साँस्कृतिक अनि विविध भाषा , भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै रहेको र माल्टामा रहेका नागरिक लगाएत माल्टा घुम्न आएका पर्यटकहरुलाई समेट नेपाल चिनाउन यस कार्यक्रमको आयोजना गरिएको बताउँछन् ।
कार्यक्रमा प्रमुख अतिथीको रुपमा माल्टा अपोजीसन लिडर वेर्नाड गेर्च रहेका थिए । उनले निदारमा टिका , ढाकाको टोपी र खुकुरी सहित नेपाली कला देख्न पाउँदा खुसी ब्यक्त गदै नेपाली समुदायलाई माल्टीज सोसाईटिले निकै अबब्ल समुदायको रुपमा हेरेको जिकीर गरेका गरेका हुन ।
यस्तै कार्यक्रममा सगरमाथा पुगेको जुत्ता, झोला र माल्टीज झण्डा सहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रसंसा गरेका थिए । सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज हुन भने उनको टोलीमा ३ जाननले सगरमाथाको चुचुरो चुमेका थिए ।
सगरमाथाको चुचुरोमा पुगेको झण्डा देख्न पाउदा नेपालीहरु निकै गर्भ गरेको भन्दै संस्थाको उप संयोजक सर्मिला बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा कोस्टा ईज किल्यर पाउन्डेसनका मार्क गले पाचले सगरमाथा बेस क्यापमा गरेको किल्लीनिग क्यपेनको बारेमा चर्चा र नेपाली समुदायको करुणा र दयालु स्भाबको प्रसंसा गरेका थिए ।
कार्यक्रममा ब्यानर सहित बिभीन्न भेष भुषा झल्कने गरी नेपाली भण्डा सहित करीब १ किमी मार्चपास बाट सुरु भएको कार्यक्रमा एनआरएन अध्यक्ष भुवन अर्यालले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा माल्टामा दिबंगत हुनुभएका दाजुभाई तथा दिदीबहिनीहरुको संझनामा मैन धारणा गरियको थियो । गैरआवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य राजु अर्यालको समेत उपस्थिति रहेको कार्यक्रममा सम्पुण अतिथीहरु रातो टिका, ढाकाको टोपी लगाएर अतिथी देबो भंव झल्काएका थिए । नयाँ शैली अपनाउँदै प्रमुख अतिथीले नेपाली बालबालीकाहरुलाई टिका लगाएर
कार्यक्रमको उद्घाटन गरेका हुन ।
नेपाल बुद्धको देश , सगरमाथाको देश , बिर गोर्खालीको देश , बिभीतताको देश र प्रकिर्ती देबीकै कोखबाट जन्म लिएको देश भनेर चिनाउन सफल भएको कार्यक्रम भने सन्देश केसी र रिना कार्कीले गरेका हुन् ।
सबैलाई धन्यवाद दिदै अर्गनाईजेसनका अध्यक्ष भण्डारीले अवका दिनमा अन्य अझै सभ्य र भव्य कार्यक्रमहरु गर्दै जाने र
संस्थाको आगामी कार्यक्रम र माल्टामा नेपाली पार्क निर्माण गर्ने गरी तयारी भइरहेको र यस कार्यक्रममा सबै नेपालीलाई जोडिन आग्रह समेत गरेका छन् ।