रास्वपाका उम्मेदबार वाग्ले मतदाता भेटघाटमा व्यस्त

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्ले मतदाता भेटघाटमा सक्रिय रुपमा लागेका छन् । काठमाडौंबाट आएका आफ्ना पार्टीका सांसद तथा जिल्लाका आफ्ना समर्थकहरु सहित वाग्ले व्यास नपाका विभिन्न वडामा मतदातालाई भेट्न पुगेका छन् ।

मतदाता भेट्ने क्रममा वाग्लेले आफ्ना प्रतिबद्धताहरु सार्वजानिक गर्दै तनहुँ जिल्लाको विकास र समृद्धीको लागि आफु चुनावी मैदानमा आएको बताएका छन् । सो क्रममा मतदाताहरुले भने वाग्ले जस्तो अर्थविदलाई उम्मेदबारको रुपमा पाउँदा आफुहरु निकै खुसी भएको भन्दै बिजयको शुभकामना दिएका थिए ।

मतदातासँग भेटेपछि आफु निकै उत्साहित भएको भन्दै वाग्लेले मतदाताको अपेक्षा कुनै पनि हालतमा पुरा गरेरै छाड्ने बताए । यो चुनावले तनहुँ जिल्लाको भाग्य र भविष्य निर्धारण गर्ने हुँदा कुनै पनि लोभ, लालच, प्रलोभन तथा डर त्रासमा नपरी निर्धक्कसँग आफ्नो मताधिकार प्रयोग गर्न वाग्लेले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य