मानवअधिकार आयोगद्वारा निर्वाचन पर्यवेक्षण

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

राष्ट्रिय मानवअधिकार आयोगले तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको पर्यवेक्षण गरेका छ । आयोगका आयुक्त मिर ठाकुरको नेतृत्वमा आएको आयोगको टोलीले जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलहरु, उम्मेदबार तथा जिल्लाका सन्चारकर्मी र मानवअधिकारकर्मीहरुसँग भेट गरि निर्वाचनको तयारीको अवस्थामा छलफल तथा अनुगमन गरेको छ ।

निर्वाचनको क्रममा हुन सक्ने मानवअधिकारको उल्लंघन, निर्वाचन आचार संहिताको उल्लंघन लगायतको विषयमा आयोगको टोलीले अनुगमन र पर्यवेक्षण गरेको छ । विहिबार दमौलीमा सन्चारकर्मीहरुसँगको छलफलमा आयोगका आयुक्त ठाकुरले निर्वाचनको क्रममा नागरिकको मानवअधिकार हनन हुनसक्ने तर्फ आयोग सचेत रहेको बताए ।

उनले निर्वाचन आचार संहिताको कार्यान्वयन गराउने सवालमा राज्यका निकायको सक्रियताको बारेमा पनि सन्चारकर्मीहरुले अनुगमन गर्नु पर्ने बताए । सो अवसरमा आयोग गन्डकी प्रदेश कार्यालयकी प्रमुख मायादेवी शर्मा, आयोगका अधिकृत टंक खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन