इन्सेकद्वारा निर्वाचन पुर्वको पर्यवेक्षण

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

इन्सेक केन्द्रिय कार्यालयद्वारा तनहुँ क्षेत्र नम्बर १ मा हुने निर्वाचन पुर्वको पर्यवेक्षण गरिएको छ । इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानवअधिकार आयोगका पुर्व आयुक्त शुशिल प्याकुरेलको नेतृत्वमा तनहुँमा निर्वाचन पुर्वको तयारीको अवस्था, निर्वाचन आचार संहिताको पालनाको अवस्था, शान्ति सुरक्षाको अवस्था तथा दल तथा उम्मेदबारहरुको गतिविधिको बारेमा ०८० बैशाख ७ गते पर्यवेक्षण गरिएको छ ।
सो अवसरमा तनहुँका मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्य, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा नागरिक समाजका प्रतिनिधिहरुसँग पनि यसबारेमा छलफल गरिएको थियो । साथै उम्मेदबारहरुसँग पनि घरदैलोको क्रममै भेट गरि प्रचार अभियानको बारेमा छलफल भएको थियो ।

पर्यवेक्षणको क्रममा इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले निर्वाचनको स्वच्छता र निश्पक्षता कायम हुनुपर्ने बताए । त्यहि विषयमा अनुगमन र पर्यवेक्षणको आवश्यकता देखिएको भन्दै उनले राज्यशक्तिको दुरुपयोग हुनसक्ने तर्फ सचेत बन्नुपर्ने बताए । निर्वाचन आचार संहिताको उल्लंघन भएको भन्ने गुनासो आएको भन्दै प्याकुरेलले यसबारेमा सरोकारवालाहरु बढि गम्भिर बन्नु पर्ने बताए ।

छलफलमा तनहुँ क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्यले दल तथा उम्मेदबारहरुलाई निर्वाचन आचार संहिताको पुर्ण पालना गर्न पटक–पटक ध्यानाकर्षण गराईएको बताए । उनले आचार संहिता उल्लंघन भएको बारेमा कुनै उजुरी नआएपनि आफुहरुले अनुगमन समिति मार्फत र सुरक्षा निकायमार्फत आचार संहिताको पालना गराउन ध्यानाकर्षण गराईएको बताए ।

निर्वाचनको स्वच्छता र निश्पक्षताको सबैले सम्मान गनुपर्ने भन्दै उनले विहिबार रातीदेखी हुने मौन अवधिमा विशेष चनाखो रहनुपर्ने बताए । मौन अवधिमा सुरक्षा निकायलाई बढि सेचत हुन निर्देशन दिईएको उनले बताए । भौगोलिक विकटता भएको तिनवटा मतदान स्थललाई संवेदनशिल स्थानको रुपमा राखी विशेष निगरानी गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उपनिर्वाचन भएको कारणले यस क्षेत्रमा बढि महत्वले हेरिएको बताए । उनले पनि निर्वाचन आचार संहिताको पालनामा ध्यानाकर्षण गराईएको बताए । निर्वाचनको क्रममा मतदाता, उम्मेदबार र कर्मचारीहरुको सुरक्षामा कुनै कमि हुन नदिईने प्रजिअ रिजालले बताए ।

सो पर्यवेक्षणमा इन्सेक केन्द्रिय कार्यालयका बरिष्ठ अधिकृतद्वय कृष्ण गौतम, सम्झा श्रेष्ठ र इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने